कांग्रेसका सांसद गुरुङ पुन: निलम्बन हुने सम्भावना, सर्वोच्चले दियो निस्सा

कांग्रेसका सांसद गुरुङ पुन: निलम्बन हुने सम्भावना, सर्वोच्चले दियो निस्सा
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ पु्न : निलम्बन हुने सम्भावना बढेको छ। न्यायाधीश सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले गुरुङको मुद्दा पुनरवलोकनका लागि अनुमति दिएको हो। अदालतले ‘निस्सा दिने’ आदेश गरेको हो। 

भ्रष्टाचार मुद्दा लागेका गुरुङको सांसद पद निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले नै आदेश गरेको थियो। भृकुटीमण्डपको जग्गा फनपार्कलाई भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले गुरुङलाई दोषी ठहर गरेको हो।

यस अगाडि संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै निलम्बन फुकुवा भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरिएपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएका थिए। मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ निर्वाचित भएका हु्न्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.