ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

सिरहा : सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट प्रहरीले चेकजाँच क्रममा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेका छन्। गोलबजार नगरपालिका-७ हृदय सिंह र वडा-८ का धर्मेन्द्र यादवल‍ाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता तथा डीएसपी विरेन्द्र पासवानले जानकारी दिए। 

उनीहरु जयनगर (भारत)बाट माडरतर्फ प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा आएका थिए।  शंका लागेपछि चेकजाँच गर्दा मोटरसाइकल चालक सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पदार्थ प्लाष्टिकसहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो।

सिंह र सोही मोटरसाइकल पछाडी सवार गोलबजार नगरपालिका-८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा कारबाही प्रहरीले अगाडि बढाएको छ। अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.