१६ औं योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार : राष्ट्रिय योजना आयोग

१६ औं योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार : राष्ट्रिय योजना आयोग
सुन्नुहोस्

सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्‍याउने गरि कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ ।

काठमाडौं : राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै १६ औं योजनाको कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले १६ औं योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार भएकाले तीनै तहका सरकारबीच सहकार्य र समन्वय गर्दै कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको हो । 

१६ औं योजना कार्यान्वयनमा दिगो विकास लक्ष्य स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नती हुने लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताए ।

आयोगले आन्तरिक सुधारका महत्वपूर्ण कदमहरु चालेको र आयोजना बैंकको व्यवस्थित र अध्यावधिक गर्न खोजिएको जनाएको छ । योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवर्द्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताए। यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ । 

सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्‍याउने गरि कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ । राष्ट्रिय योजना आयोगले समपुरक अनुदान र विशेष अनुदान मार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.