महाभारतको जंगलमा आगलागी

काभ्रे : जिल्लाको महाभारत लेकस्थित खानीखोला गाउँपालिका -१ थामको लेक डाँडामा आगलागी भएको छ । माघ ८ गते दिउँसोबाट लागेको आगो अझै नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फलामेटारबाट गएको प्रहरी टोली र स्थानीय आगो निभाउन खटिए पनि नियन्त्रणमा आउन सकेको छैन।
सामुदायिक वनको भीरमा लागेको आगो तत्काल निभाउन नसकिने अवस्था भएको प्रहरीले जनाएको छ । गाउँबस्तीबाट करिब ४ किलोमिटर टाढा उत्तरमा पर्ने सो जंगलमा आगो लागेको हो।
प्रतिक्रिया दिनुहोस !
