राज्य व्यवस्था तथा सुशासन समिति

संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु, प्रस्तावना नै संशोधन

संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु, प्रस्तावना नै संशोधन
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल सुरु भएको हो। छलफलका क्रममा विधेयकको प्रस्तावना नै संशोधन गर्ने सहमति भएको छ।

विधेयकको प्रस्तावनामा संशोधन गरी ‘पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने सहमति भएको हो। विधेयकको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकोले’ लेखिएको छ। 

त्यस्तै छलफलका क्रममा विधेयकको संक्षिप्त नाम रहेको दफा १, संघीय निजामती सेवासम्बन्धी केन्द्रीय निकाय हुने भन्ने व्यवस्था रहेको दफा ३ र संघीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त व्याख्या गर्ने दफा ४ मा पनि सहमति भएको छ।

विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि तीव्र रुपमा छलफल गरि पारित गर्ने समितिको तयारी छ। कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न सरकारको उक्त विधेयक ल्याएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.