वृज एडिटिभ्स्को निर्माण सामग्रीको नयाँ शृंखला

काठमाडौं : वृज एडिटिभ्स्ले नयाँ उत्पादनहरूको शृंखला सुरु गरेको घोषणा गरेको छ । यो नयाँ शृंखलामा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रिट, ब्लक मोर्टार, वाल पुटिन र वाटरप्रुफिङ सिस्टम समावेश छन् ।
यो घोषणा वृज एडिटिभ्स्को नेपालको निर्माण उद्योगका परिवर्तनशील आवश्यकताहरू पूरा गर्न नवीन समाधानहरू प्रदान गर्ने कम्पनीले जनाएको छ । सय वर्षभन्दा बढी समयदेखि नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेसन हिस्सा रहेको वृज एडिटिभ्स्ले गत तीन वर्षदेखि अत्याधुनिक उत्पादन निरन्तर उत्पादन गर्दै आएको छ ।
उत्पादनहरू उच्च प्रदर्शन, मजबुत टिकाउपन र उच्चस्तरको स्थायित्व प्रदान गर्नका लागि इन्जिनियर गरिएको छ । यसले देशभरि सुरक्षित र मजबुत पूर्वाधार विकासमा योगदान पुर्याउँछ ।
प्रतिक्रिया दिनुहोस !
