जम्मू कश्मीरको एक गाउँमा अज्ञात रोगबाट डेढ महिनामा १७ जनाको मृत्यु

जम्मू कश्मीरको एक गाउँमा अज्ञात रोगबाट डेढ महिनामा १७ जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

कश्मीर : जम्मू कश्मीरको राजौरी जिल्लाको बधल गाउँ एक रहस्यमय रोगको कारण चर्चामा छ। राजधानी श्रीनगरबाट १८० किलोमिटर टाढा रहेको राजौरी गाउँमा पछिल्लो डेढ महिनामा रहस्यमय रोगका कारण १७ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये १२ जना बालबालिका छन्।

यो रोगको पहिलो केस छ हप्ता अघि रिपोर्ट गरिएको थियो। रोगको कारण के हो भन्ने बारे भने अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।

स्थानीयहरू डराएका छन् र अहिलेको अवस्थालाई कोभिड-१९ को समयमा भएको अवस्थासँग तुलना गरिरहेका छन्। यद्यपि राजौरी सरकारी मेडिकल कलेजका स्वास्थ्य अधिकारीहरूले यो रोग संक्रामक नभएको र महामारीमा परिणत पनि नहुने जनाएका बीबीसी समाचारमा उल्लेख छ। 

उनीहरुका अनुसार खाना र पानीको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने न्यूरोटोक्सिन यो रोगको कारण हुन सक्छ। यसैबीच, राजौरीको जिल्ला मजिस्ट्रेटको कार्यालयले रोगको थप फैलावट रोक्न बरहाललाई कन्टेनमेन्ट जोन घोषणा गरेको छ।

राजौरीको सरकारी मेडिकल कलेजका प्रिन्सिपल एएस भाटियाले १० जना गाउँले अझै बिरामी रहेको बताएका छन्।

यीमध्ये राजौरीका छ जनालाई त्यहाँकै सरकारी मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। यसबाहेक तीन जना बिरामीलाई उपचारको लागि जम्मू र एक जनालाई चण्डीगढ पठाइएको छ।

मृत्यु भएका व्यक्तिहरु तीन नजिकको परिवारहरूमा रहेको जनाइएको छ। यो रोगबाट पीडित व्यक्तिहरूमा सुरुमा ज्वरो आउने, घाँटी दुख्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षणहरू देखा परेको थियो।

पछि बिरामीहरू अचानक बेहोस हुने तथा मृत्यु हुने समेत भएको जनाइएको छ। 
 
बरहालका मानिसहरूलाई हाल स्थानीय मुहानबाट पानी लिन रोक लगाइएको छ। स्थानीय अधिकारीहरूले सोमबार परीक्षणको लागि पानीको नमुना सङ्कलन गरेका थिए। अनुसन्धानको क्रममा उनीहरूले पानीमा केही कीटनाशकहरू हुन सक्ने जनाए।

बुधबार जारी गरिएको नियन्त्रण आदेश अनुसार रोगबाट प्रभावित तीन परिवारका घरहरू सिल गरिएको छ।

जिल्ला मजिस्ट्रेटको आदेश अनुसार यी परिवारहरूसँग नजिकको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि राजौरीको सरकारी अस्पतालमा लगिनेछ। त्यहाँ उनीहरुको स्वास्थ्यको निगरानी गरिनेछ। उक्त आदेशमा बरहालका जनतालाई प्रशासनले उपलब्ध गराएको खाना र पानी मात्र प्रयोग गर्ने भनिएको छ।

आदेशमा रोगबाट संक्रमित परिवारको सबै खाद्य पदार्थहरू जफत गरिने जनाइएको छ।

बडहलका मानिसहरूलाई सार्वजनिक वा निजी रूपमा एकअर्कालाई भेट्न पनि प्रतिबन्ध लगाइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.