पर्यटन क्षेत्र : कुन देशमा कति योगदान ?

विश्व अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम छैन। त्यस्तै नेपालको समग्र अर्थतन्त्रमा पनि पर्यटन क्षेत्रको योगदान निकै महत्त्वपूर्ण छैन। भनिन्छ, कुनै बेला नेपालको कुल गार्हस्थ्य उत्पादन अथवा भनौं जीडीपीमा समग्र पर्यटन क्षेत्रबाट ११ प्रतिशतसम्म योगदान रहेको थियो। तर, पर्यटन क्षेत्रबाट हुने यस्तो योगदानमा एकरूपता भने छैन। एकरूपता नभएको मात्रै होइन कि कुनै आर्थिक वर्षमा त कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १.०७ प्रतिशतमा झरेको तथ्यांक पनि रहेको देखिन्छ।
त्यसो त नेपालको समग्र अर्थतन्त्रलाई आधार मानेर प्रकाशित हुने आर्थिक दैनिक ‘कारोबार दैनिक’मा केही महिनाअघि आएको समाचारअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समग्र पर्यटन क्षेत्रबाट ३.७७ प्रतिशत पुगेको छ। समाचारमा जनाइएअनुसार राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट’ को सुरुवाती अध्ययनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा समग्र पर्यटन क्षेत्रबाट ३.७७ प्रतिशत पुगेको रिपोर्ट प्रकाशित भएको हो। त्यस्तै गरेर समाचारमा जनाइएअनुसार राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल पर्यटन बोर्ड, राष्ट्र बैंक र विश्व पर्यटन संगठनले संयुक्त रूपमा गरेको ‘टुरिज्म सेटलाइट एकाउन्ट’ को सो अध्ययनअनुसार ११.५ प्रतिशत रोजगारी सिर्जना भएको छ, पर्यटन क्षेत्रबाट। तर, कोरोनाकालमा, सन् २०२०–२०२१ ताका चाहिँ पर्यटन क्षेत्रबाट नेपालको कुल गार्हस्थ्य उत्पादन लगभग १.६ प्रतिशतमा झरेको थियो। त्यस्तै गरेर केही समयअघि अंग्रेजी दैनिक ‘द काठमाडौं पोस्ट’मा प्रकाशित एक समाचारअनुसार (जुन समाचार संगम प्रसाईद्वारा लेखिएको थियो, हो) नेपालमा विगत सन् २०१६–१७, सन् २०१७–१८, २०१८–१९, २०१९–२०, २०२१–२१, २०२१–२२, २०२२–२३ र २०२३–२४ त्यसो त लामो समयदेखि विश्वका विभिन्नि देशको ‘कुल गार्हस्थ्य उत्पादन’ वा भनौं जीडीपीमा पर्यटन उद्योगबाट प्रमुख योगदान रहने गरेको देखिन्छ भने केही देशको ‘कुल गार्हस्थ्य उत्पादन’ वा भनौं जीडीपीमा चाहिँ पर्यटन क्षेत्रबाट नगन्य मात्रै जीडीपीमा योगदान रहेको देखिन्छ।
यसरी तथ्य–तथ्यांक हेर्दाखेरि विभिन्न देशको जीडीपीमा पर्यटन उद्योगबाट फरकफरक योगदान रहेको देखिन्छ। हुन पनि कुनै बेला (कोरोना महामारीअघि) विश्वको केही देशको कुल गार्हस्थ्य उत्पादन वा भनौं जीडीपीमा पर्यटन उद्योगबाट ५२–५३ प्रतिशतदेखि ५७–५८ प्रतिशतसम्म योगदान रहेको थियो भने केही देशको ‘कुल गार्हस्थ्य उत्पादन’ अर्थात् ग्रस डोमेस्टिक प्रडक्टमा केवल ०.००२–००३ देखि ०.००४–००५ प्रतिशतसम्म मात्रै रहेको थियो। यसरी हेर्दाखेरि हरेक देशको जीडीपीमा पर्यटन उद्योगको फरक अंशमा योगदान रहेको देखिन्छ। केही देशको जीडीपीमा देशको आधाभन्दा बढी जीडीपीको योगदान पर्यटन उद्योगबाट रहेको देखिन्छ भने केही देशको चाहिँ जीडीपीमा पर्यटन उद्योगको योगदान अत्यन्तै न्यून रहेको देखिन्छ। जे होस्, अहिले विश्वमा १ सय ९५ वटा स्वतन्त्र र अरू देशको छातामुिन रहेका १५ वटा स–साना टापु देशहरू गरेर २ सय २० वटा देश रहेको मानिन्छ। ती २ सय २० देशहरूमध्ये केही देशको जीडीपीमा पर्यटनबाट ०.०१ प्रतिशतमात्रै योगदान रहेको देखिन्छ भने केही देशको चाहिँ पर्यटनबाट जीडीपीमा योगदान ४१.२६ प्रतिशत रहेको देखिन्छ। यस सम्बन्धमा थप व्याख्यासहित तल विस्तृतमा लेखिनेछ।
विश्व पर्यटनका सम्बन्धमा भन्नुपर्दा सन् २०१९ को डिसेम्बरदेखि चीनको हुपेई प्रान्तको राजधानी बुहानबाट फैलन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा सन् २०२० मा विश्व पर्यटन आगमनमा एकै पटक ७८ प्रतिशतले गिरावट आएको थियो। हुन पनि विश्व पर्यटन आगमनको तथ्यांक हेर्दाखेरि के देखिन्छ भने सन् २०१९ मा एक दशमलव पाँच बिलियन पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेका थिए। तर सन् २०२० मा चाहिँ ४१५ मिलियन पर्यटकमात्रै विश्वका विभिन्न देश भ्रमण गरे। त्यस्तै गरेर स्न २०२१ मा त अझै घटेर चार सय मिलियन पर्यटकले मात्रै विश्वको विभिन्न देशको भ्रमण गरेका थिए। तर सन् २०२२ मा विश्व पर्यटन र विश्वभरिका पर्यटन व्यवसायीहरूका लागि केही राम्रो प्रगति भयो। किनभने सन् २०२२ मा एकैचोटि ९ सय ६० मिलियन मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्न निक्लेका थिए। त्यस्तै गरेर सन् २०२३ मा ९ सय ७५ मिलियन पर्यटकले विश्वका विभिन्न देश भ्रमण गर्न निक्ले। त्यस्तै गरेर सन् २०२४ मा एक बिलियन चार बिलियन पर्यटकले विश्व भ्रमण गरेका छन्। सो तथ्यांक हालै संयुक्त राष्ट्रसंघ मातहत रहेको ‘विश्व पर्यटन संगठन’ (डब्लूटीओ)ले प्रकाशित गरेको छ। डब्लूटीओले प्रकाशित गरेको यो तथ्यांकअनुसार अब विश्व पर्यटन सन् २०१९ को स्थितिमा पुग्न केवल दुई प्रतिशतमात्रै बाँकी रहेको छ।
त्यसो त सन् २०२० मै विश्वभरिका पर्यटन विज्ञ र विशेषज्ञहरूले कोरोना महामारीले सन् २०२१/२२ मा स्वाभाविक रूपमा बिदा लिएमा विश्व पर्यटनले सन् २०१९ वा सो समयभन्दा अघिको गतिमा पुग्न कम्तीमा पनि सन् २०२३/२४ सम्म लाग्न सक्ने बताएका थिए। विश्व पर्यटन संख्या र गतिविधि अझ अघि बढ्नका लागि चाहिँ सन् २०२५/२६ सम्म लाग्ने अनुमान गरेका थिए। नभन्दै कोरोना महामारीले बीचैमा स्वाभाविक रूपमा बिदा लिएन, त्यसको सट्टा कोरोना महामारी अस्वाभाविक रूपमा अनेक खालका एवं झन् नयाँनयाँ भेरियन्ट (उत्परिवर्तन) हरूको रूप लिएर फैलियो। जस्तै ‘अल्फा’, ‘डेल्टा’, ‘बेटा’, ‘गामा’, ‘ओमिक्रोन’ आदिको विकास भयो। तर पटक फेरि ‘ओमिक्रोन’को विभिन्न उपसमूहहरू बन्ने र फैलने क्रममा अहिले फेरि ‘जेएन–१’ नामक कोरोना भाइरस फैलिरहेको अवस्था छ। त्यसैले मानिसहरू फेरि पनि के हुने हो, कसो हुने हो ? शंकामा रहेका छन्। तापनि स्मरणीय के छ भने, ओमिक्रोनको पछिल्लो पटक फैलन थालेको ‘जेएन–वान’नामक भाइरस त्यति खतरनाक भने नभएको भनी भाइरल रोगविज्ञ तथा जनस्वास्थ्यविद्हरूले किटानी साथ भनेका छन्।
कोरोना महामारीपछिको नेपाली पर्यटनको सन्दर्भमा पनि थेरै कुरो गर्नु पर्र्दा नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा माइनस ८०.७ प्रतिशत कम रहेको थियो। त्यस्तै गरेर सन् २०२१ मा अघिल्लो वर्ष (सन् २०२०) को तुलनामा अझ अर्थात् लगभग ४६ प्रतिशतले कमी भयो। सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे। तर सन् २०२२ मा भने नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेर ६ लाख १४ हजार ८ सय ६९ जना पुगेको थियो भने सन् २०२३ मा अझ अनपेक्षित रूपमा बढेर १० लाख १४ हजार ८ सय ७६ जना विदेशी पर्यटक नेपाल भ्रमण गर्न आएका थिए। त्यस्तै, सन् २०२४ मा पनि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या एक लाखभन्दा केही बढी संख्यामा बढेर ११ लाख ४७ हजार ५ सय ६७ जना पुगेको छ।
तर नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट जीडीपीमा भने खासै योगदान पुग्न सकेको देखिँदैन। ‘द ग्लोबल इकोनोमी डट कम’का अनुसार सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको योगदान ०.७१ प्रतिशत रहेको देखिन्छ। त्यसो त विश्वभरि पर्यटनबाट कुन देशमा कति योगदान
पुग्यो ? भनेर तथ्यांक हेर्दा सन् २०२० मा पर्यटनबाट जीडीपीमा सबैभन्दा धेरै योगदान आरुबानामक सानो टापु देशको रहेको थियो। जुन देशको जीडीपीमा पर्यटनको योगदान ४१ दशमलव २६ (४१.२६) प्रतिशत रहेको थियो भने दोस्रोमा माल्दिभ्स रहेको थियो। माल्दिभ्सको जीडीपीमा पर्यटनको योगदान ३७.६१ रहेको थियो। त्यस्तै गरेर तेस्रोमा मकाउ रहेको थियो। स्मरण रहोस्, मकाउको जीडीपीमा पर्यटनको योगदान ३७.०७ प्रतिशत रहेको थियो। उता चौथो स्थानमा रहेको चौथोमा एन्टिगुवा एन्ड बारबाडोेसको जीडीपीमा पर्यटनको योगदान २९.३७ प्रतिशत रहेको थियो भने, पाँचौंमा सेसेल्स रहेको थियो। एकदमै सानो टापु देश सेसेल्सको जीडीपीमा पर्यटनको योगदान १९.२६ प्रतिशत रहेको थियो। खास कुरो के छ भने, माथिका सबै देशहरू ससाना टापु देशहरू हुन्।
त्यस्तै गरेर विश्वको समग्र पर्यटनसम्बन्धी अध्ययन गर्ने संस्था ‘द ग्लोबल इकोनोमी डट कम’ ले नै सन् २०२० मा प्रकाशित गरेको तथ्यांकअनुसार पर्यटन क्षेत्रबाट विश्वमा सबैभन्दा कम जीडीपीमा योगदान गर्ने पाँच देशहरूमा गिनिया रहेको थियो। अफ्रिकी महादेशमा रहेको ‘गिनिया’को जीडीपीमा पर्यटनको योगदान ०.०१ प्रतिशत रहेको थियो भने, अफ्रिकाकै अर्को देश अल्जेरियाको जीडीपीमा पर्यटनको योगदान ०.०३ प्रतिशत रहेको थियो। त्यस्तै गरेर अँगोलाको जीडीपीमा पर्यटनको योगदान ०.०४ प्रतिशत रहेको थियो भने बंगलादेशको जीडीपीमा पर्यटनको योगदान केवल ०.०६ प्रतिशत रहेको थियो। त्यस्तै गरेर नाइजेरियाको जीडीपीमा पनि पर्यटन क्षेत्रको योगदान ०.०७ प्रतिशत रहेको थियो। यसरी तथ्यांक हेर्दाखेरि पर्यटनबाट अति कम योगदान दिएका विश्वका पाँच देशमध्ये बंगलादेश (एसिया महादेश) बाहेक अरू सबै अफ्रिकी देशहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
