भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रमा रेल दुर्घटनाबाट कम्तिमा ११ जनाको मृत्यु भएको छ भने कम्तिमा १२ जना घाइते भएका छन्। लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेस रेलमा आगो लागेको सूचना फैलिएपछि जलगाव जिल्लामा भागदौड मच्चिएको र अर्को लिकमा आइरहेको रेलमा पर्दा उनीहरूको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
'रेलको कुनै डिब्बामा आगो फैलिएको सूचनापछि उक्त रेल रोकिनपुगेको थियो। रोकिएपछि यात्रुहरू भागदौड गर्न थालेका थिए। त्यही बेला अर्को लिकमा आएको कर्नाटक एक्सप्रेसको रेलमा पर्दा उनीहरूको मृत्यु भएको हो,' प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। कर्नाटक एक्सप्रेस मनमाडबाट भुसावल गइरहेको बताइएको छ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फढणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्धार र स्वास्थ्य उपचारका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !
