पर्सामा ६ महिनामै सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

पर्सामा ६ महिनामै सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद
सुन्नुहोस्

वीरगन्ज : पर्सामा सशस्त्र प्रहरीले ६ महिनामा २१ करोडभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ।

 
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म भारतबाट भन्सार राजश्व छलेर पर्साको वीरगन्जसहितका नाका हुँदै भित्र्याइएका २१ करोड २८ लाख २६ हजार ५ सय २२ रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए।
 
नियन्त्रणमा लिइएका ती सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उनले बताए।  

पछिल्लो ६ महिनामा वीरगन्ज भन्सार कार्यालयमा १६ करोड ४७ लाख ४१ हजार १ सय ७५ रुपैयाँ बराबरको र ४ करोड ६० लाख ८५ हजार ३४७ रुपैयाँ मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको धामीले जानकारी दिए।
 
पर्सामा सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा (१२ महिनामा) भने पर्साका विभिन्न स्थानबाट राजश्व छली गरेर भित्र्याइएका १४ करोड ५९ लाख ७२ हजार ८६७ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेर  भन्सार र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको थियो। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामै ६ करोड ६८ लाख ५३ हजार ६५५ रुपैयाँ बढी मूल्यको सामान बरामद गरिएको पनि उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.