वीरगन्जमा स्कूल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

वीरगन्ज : वीरगन्जमा स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
राको फेटा गाँउपालिका- ५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँको बोखार चोकको पूर्व बाइपास सडकमा मंगलबार बा बिहान १०.३० बजेतिर तेज एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारीले दिए । ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
