झापाको पन्थपाडा र लसुना नाका लागुऔषधको ट्रान्जिट बन्दै, एकैदिन चारजना पक्राउ

झापाको पन्थपाडा र लसुना नाका लागुऔषधको ट्रान्जिट बन्दै, एकैदिन चारजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : झापाको पन्थपाडा र लसुना नाका लागुऔषध भित्राउने ट्रान्जिट बन्दै गएको छ । झापा गाउँपालिकामा पर्ने सो नाका पन्थपाडा र लसुना नाकाबाट एकैदिन लागुऔषधसहित चारजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा दुई महिला र दुई पुरूष हुन्।

सोमबार झापा गाउँपालिका–१ स्थित लसुना नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेकी दुई युवतीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा प्लास्टिकसहित ३ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–४ की १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बू रहेका छन् । 

ब्राउन सुगरसहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  त्यस्तै सोमबार साँझ झापा गाउँपालिका–५ पन्थपाडाबाट १० ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित झापा कनकाई दुई युवक मोटरसाइकलसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ का २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण गिरी रहेका छन् । पन्थपाडामा खटिएका प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार राजवंशीले मलद्वारमा प्लास्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ब्राउन सुगर फेला परेको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । 

यो भन्दा अगाडि पनि सशस्त्र र नेपाल प्रहरीले पटकपटक ती नाकाहरूबाट ठूलो मात्रामा लागुऔषध बरामद गरिसकेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.