शक्तिशाली राष्ट्रपतिका रूपमा ट्रम्प प्रशासन सुरु

शक्तिशाली राष्ट्रपतिका रूपमा ट्रम्प प्रशासन सुरु
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दोस्रो कार्यकाल सम्हालेका छन्। अमेरिका पहिलो अर्थात् नेशन फस्टको नारा लिएर दोस्रो कार्यकालका लागि चुनावमा होमिएका राष्ट्रपति ट्रम्प, पहिलेभन्दा थप शक्तिशाली राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गरेका छन्। 

दोस्रोपटक ह्वाइट हाउस पठाएका अमेरिकी जनताले विशेष गरी दुई मुद्दाहरू अमेरिकाको आर्थिक सुधार र अध्यागमन सुधारमा अपेक्षित काम गर्न म्यान्डेट दिएका छन्। चुनावका बखत उनले गरेका बाचाअनुसार, राष्ट्रपति ट्रम्पले कठोर भएर यी दुई नीतिहरूमा काम गर्ने बताइन्छ।

यो समाचार तयार पार्दासम्म दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका ट्रम्पले के–के कार्यकारी आदेश जारी गरेर त्यसको सुुरुवात गर्छन् भनेर सार्वजनिक नभई सकेको भए तापनि आर्थिक, आप्रवासन र विदेश नीतिमा व्यापक सुधार सहितका कार्यकारी आदेश जारी गर्ने समाचारहरू बाहिरिएका छन्। 

कठोर स्वभावका मानिने ट्रम्पले विशेष गरी आर्थिक सुधार अर्थात् बढ्दो महँगी नियन्त्रण गर्ने अपेक्षा अमेरिकी जनताको छ। उनी व्यापार व्यवसाय सुधारका लागि भने असल राष्ट्रपतिका रूपमा दर्ज भइसकेका छन्। व्यापारिक पृष्ठभूमिबाट आएका राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबारको भाषणमा पनि उनले त्यस्तो संकेत गरिसकेका छन्। 

यसपटक राष्ट्रपति डोनाल्ड ट्रम्पको पोल्टामा कंग्रेस र सुप्रिम कोर्टसमेत अनुकूल छ। त्यो भनेको उनी थप शक्तिशाली राष्ट्रपतिका रूपमा ह्वाइट हाउसमा रहने छन् भने उनको पार्टी, रिपब्लिकन पार्टी उनकै कब्जामा छ। 

पत्रकार दिनेशजंग शाह सामाजिक सञ्जालमा लेख्छन्, डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्ध ताका राष्ट्रपति फ्रेङ्कलिन रोजभेल्ट जस्तो वन म्यान शो प्रेसिडेन्सीका रूपमा हेरिएको छ। त्यो भनेको एकल रूपमा निर्णय गर्ने, अधिकारहरू केन्द्रीकृत गर्ने र सम्बद्ध अन्य निकायहरूसँग परामर्श नगर्ने शैलीलाई जनाउँछ। 

विश्वको शक्तिशाली राष्ट्र अनि शक्तिशाली राष्ट्रपतिका रूपमा ट्रम्पले कसरी काम गर्छन् भन्ने अहिले यसै भन्न सकिने अवस्था भने छैन। यद्यपि उनको कार्यशैली र स्वभाव हेर्दा उनले यसपटक थप कठोर भएर नेशन फस्टको नारामै केन्द्रित भएर काम गर्छन् भन्ने अनुमान लगाउन सकिन्छ। 
दिनानुदिन बढ्दो आप्रवासन समस्या अमेरिकाका लागि जटिल विषय हो। लाखौंको संख्यामा रहेका कागजपत्र विहीनहरूका समस्या कसरी समाधान हुन्छन्, भन्ने यसै भन्न सक्ने अवस्था छैन। 

करिब महिनादिन अघि राष्ट्रपति ट्रम्पले स्थानीय एनबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेको थिए, ड्रिमर अर्थात् अमेरिकी सपना बोकेकाहरूका बारे काम गर्न आफू तयार रहेको र त्यसका लागि डेमोक्र्याटिक पार्टीसँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए। 

कठोर स्वभाव देखाउने राष्ट्रपति ट्रम्प पहिलो कार्यकालभन्दा थप जिम्मेवार राष्ट्रपतिका रूपमा प्रस्तुत भइरहेका केही संकेतहरू छन्। उनका पछिल्ला अन्तर्वार्ताहरू त्यसतर्फ केन्द्रित देखिन्छन्। यसैगरी उनले अमेरिका फस्र्ट नीतिलाई थप सुदृढ गर्दै अन्तर्राष्ट्रिय संगठनहरूमा अमेरिकी सहभागिता घटाउन सक्ने अनुमान गर्न सकिन्छ। यस्तै चीन र इरान जस्ता देशहरूप्रति कडा नीति अपनाउन सक्ने छन्। 

यसैगरी न्यायालय र कानुनी संरचनामा समेत व्यापाक परिवर्तन गर्ने बताइन्छ। त्यो भनेको अमेरिकी सर्वोच्च अदालत र अन्य संघीय अदालतहरूमा आफू अनुकूलको नियुक्ति दिने। यस्तै उनले स्वास्थ्य तथा सामाजिक नीतिमा पनि केही परिवर्तन गर्ने संकेत गरेका छन्। स्वास्थ्य सेवा सुधारका बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले चुनाव ताकासमेत प्रतिबद्धता जनाइसकेका छन्। 

उनले ओबामा केयरको विकल्प खोज्नेबारे निर्वाचन ताकानै प्रतिबद्धता जनाएका थिए भने सामाजिक सेवाहरूमा कटौती गरेर सरकारी खर्च घटाउने बताएका छन्। यसरी हेर्दा राष्ट्रपति ट्रम्पले देश पहिला अर्थात् अमेरिकाको व्यापक सुधारमा काम गर्ने छन् भन्ने संकेत दिइरहेका छन्। 

थप शक्तिशाली राष्ट्रपतिका रूपमा ह्वाइट हाउसमा रहँदा ट्रम्पले के गर्ने हुन भन्नेबारे सीमासँग जोडिएका देशहरू मात्रै होइन विश्वको ध्यान यतिबेला अमेरिकामा छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.