'चिया परम्परा' तोडेका ट्रम्पले अन्ततः भेटे बाइडेन

काठमाडौं : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। अमेरिकाको ४७औं राष्ट्रपतिको सपथ लिनुअघि ट्रम्पले बाइडेनसँग भेटवार्ता गरेका हुन्।
ट्रम्प सोमबार ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवासमा पुगेका थिए। उनी पुगेलगत्तै बाइडेनलाई स्वागत गरेका थिए। उनीहरूबीच 'चिया गफ' भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।
पत्रकारहरूले बाइडेनलाई ह्वाइट हाउसमा अन्तिम दिन कस्तो महसुस भइरहेको भनेर सोधेका थिए। उनले 'राम्रो'मात्र भनेर उत्तर दिएका थिए।
अमेरिकामा नवनिर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ। सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो। तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए। उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
