खो खो विश्वकप टोली स्वदेश फर्कियो

काठमाडौं : खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ। त्रिभुवन विमानस्थलमा सोमबार स्वदेश फर्किएको पुरुष र महिला टोलीलाई खो खो नेपाल संघले स्वागत गरेको हो।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति भएको फाइनलमा पुरुष र महिलातर्फ नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
पुरूषतर्फ नेपाल भारतसँग ५४-३६ ले पराजित हुँदा महिलातर्फ पनि भारतसँगै ७८-४० ले पराजित भएको थियो। कुनै पनि खेलको टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो नै पहिलो पटक हो।
प्रतिक्रिया दिनुहोस !
