निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छ : मन्त्री भट्टराई

काठमाडौं : सरकारले संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन रामचन्द्र पौडेलसमक्ष गर्ने निर्णय गरेको हो।
आउँदो शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिए।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा सेवा पनि निवृत्ति भरण ऐन कोषमा समावेश गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको जानकारी दिइन्। ऐन लागू हुनुभन्दा अगाडिका शिक्षकहरू पेन्सनमा जाने र ऐन लागू भएपछिका शिक्षकहरूलाई निवृत्तिभरण कोषमा समावेश गरिने उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !
