महिला यु-१९ विश्वकप : स्कटल्यान्डसँग १ विकेटले हार्यो नेपाल

काठमाडौं : आइसीसी महिला यु-१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। मलेसियामा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
स्कटल्यान्डका लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै गब्रेइल्ला फोन्टेन्ला १२ रन र क्रिस्टी म्याकुल ६ रनमा अविजित रहे। नेपालका लागि रचना चौधरी र समा केसीले २-२ विकेट लिए भने पूजा महतो र क्रिस्मा गुरुङले १-१ विकेट लिए।
यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ रन बनाइन् भने साबित्री गौतमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !
