बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरू सधैं रहँदैनन् : गभर्नर अधिकारी

बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरू सधैं रहँदैनन् : गभर्नर अधिकारी
सुन्नुहोस्

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ सिस्टममा आएको अराजकताले अर्थतन्त्रमा असर गर्ने भएकाले समाधान गर्न लागि परेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीले अराजक गतिविधिले दीर्घकालमा देशको अर्थतन्त्रलाई असर पार्ने भएकाले सरोकारवालाहरूसँग छलफल भइरहेको जानकारी गराएका हुन्। 

बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरु सधैं नरहने उनको भनाई छ। उनले भने, ‘अर्थतन्त्रमा अलिकति स्लोडाउन भएको असर हामी देख्छौं। बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ। यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छआफ्नो ठाउँमा ग्रासरुटमा। बैंकिङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ ? दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ ? भन्ने कुरामा हामी जानकार छौं। सरकारका निकायहरुसँग छलफल भइरहेको छ, मलाई लाग्छ यस्ता विषयहरू सधैँ रहँदैनन्, समाधान हुँदै जान्छन्।’

गभर्नर अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताए। उनले भने, ‘समग्र रूपमा अर्थतन्त्रका फण्डामेण्टल्सहरु कुराहरू एकदमै राम्रो देखिन्छन्। हामी बाह्य क्षेत्रमा सबल छौं। मुद्रास्फीति पनि धेरै तहसम्म बढेको छ। बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन्। बैंकहरु नाफा र रिकभर हुदैँछ।’

उनले औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको लक्ष्य भित्रै इन्प्लेसन बसेको अवस्था रहेको जानकारी दिए। उनले समग्रमा गत सालको भन्दा अहिले राजश्व वृद्धि भएको उल्लेख गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.