अन्य दलसँग सहकार्य गर्न ५ सदस्यीय वार्ता समिति खारेज गरेर लोसपाले गर्‍यो नयाँ समिति गठन

अन्य दलसँग सहकार्य गर्न ५ सदस्यीय वार्ता समिति खारेज गरेर लोसपाले गर्‍यो नयाँ समिति गठन
सुन्नुहोस्

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न २ सदस्यीय समिति गठन गरेको छ। गत पुषमा लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकीकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा गठित ५ सदस्यीय समिति खारेज गर्दै लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले २ सदस्यीय समिति गठन गरेका हुन्।

ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण रहेको २ सदस्यीय समिति गठन भएको छ। विज्ञप्तिमा भनिएको छ,‘वर्तमान राजनीतिक परिस्थिति र आवश्यकतालाई मद्देनजर राख्दै सहकार्य / एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्‍याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको छ र साथै मिति २०८१/०९ / २१ मा गठित ५ सदस्यीय समितिलाई खारेज गरिएको छ ।’  

यस अगाडि लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन भएको थियो।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि पार्टीले छलफल अगाडि बढाउन खोजेको जनाइएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.