संसद् अधिवेशन चाँडै बोलाउने तयारी छ : गृहमन्त्री लेखक

संसद् अधिवेशन चाँडै बोलाउने तयारी छ : गृहमन्त्री लेखक
सुन्नुहोस्

महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको बताएका छन्। आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको बताएका हु्न्। 

‘सरकारले चाडै संसद अधिवेशन बोलाउने तयारी गरेको छ अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन नै सरकारले ल्याएका अध्यादेश प्रस्तुत हुन्छन पछि प्रतिस्थापन गर्ने कानुन बन्छन्।’गृहमन्त्री लेखकले भने,‘सरकार मुलुकमा आर्थिक समृद्धि र शुसायन कायम गर्ने कुरामा प्रतिबद्ध छ।’अहिलेको सरकारको प्रमुख उदेश्य मुलुकमा आर्थिक समृद्धि गर्नु रहेको उनले बताए।

‘नेपाली कांग्रेस र नेकपा एमाले दुई पार्टी मिलेर बनेको सरकारको उद्देश्य मुलुकको आर्थिक समृद्धि गर्ने,सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडी बढाउने हो।’लेखकले भने–‘मुलुकमा स्थायित्व र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ सरकार त्यहि अनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने बाटोमा अघि बढेको छ।’उनले  मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र  उद्योगधन्दा फस्टाउने गरी सरकारले केहि कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए।

त्यसैगरी उनले अहिलेको सरकार आगामी निर्वाचन सम्म जानेमा ढुक्क रहन आग्रह गरे। ‘दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन्, हामी त्यो सहमति कार्यान्वयन गछौं, त्यहि अनुसार सरकार अघि बढ्छ’लेखकले भने।

उनले अबको १८ महिना केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि निवार्चनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए। ‘यो बीचमा हामी विकास र समृद्धिका कुरामा दृढतापूर्वक अगाडि बढ्छौं।’ उनले भने,‘दुई पार्टीका बीचमा भएका सात बुदे कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं।’

त्यसैगरी उनले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताए। महाकाली करिडोर,दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र मझगाउँ विमानस्थल चाडै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.