रेसुंगामा शैक्षिक गुणस्तर बढाउन अभिमुखीकरण

रेसुंगामा शैक्षिक गुणस्तर बढाउन अभिमुखीकरण
सुन्नुहोस्

गुल्मी : शैक्षिक गुणस्तर बढाउन रेसुंगा नगरपालिका गुल्मीले सामुदायिक माध्यमिक विद्यालयमा पुगेर अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। रेसुंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अभिभावक शिक्षा कार्यक्रममार्फत पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक माध्यमिक विद्यालयका अभिभावकलाई अभिमुखीकरण प्रदान गरिएको हो। 

पछिल्लो समय विद्यार्थी मोबाइलमा भुल्ने, भनेको नमान्ने, नपढ्ने घरको काममा सहयोग नगर्ने सामान जतन नगर्ने, सामाजिक सञ्जालमा देखिएको विकृति र विसंगतिलगायतमा देखिएका समस्या समाधानका लागि अभिभावकलाई अभिमुखी कर कार्यक्रमको आयोजना गरिएको लेखाजोखा केन्द्रका संयोजक राममणी पन्थीले जानकारी दिए। नगरपालिकाले पहिलो चरणको अभिभावक अभिमुखीकरण कार्यक्रम नगरपालिका भित्रका १२ वटा सामुदायिक विद्यालयमा गरेको छ। अभिमुखीकरणमा ९ सय ७५ जना अभिभावक सहभागी भएका छन्। यही पुस २२ गते उपल्लो तम्घास माध्यमिक विद्यालयबाट सुरु गरिएको कार्यक्रम आइतबार भगवती माध्यमिक विद्यालयमा पुगेर सकिएको नगरपालिकाले जनाएको छ। दैनिक दुइटा सामुदायिक माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको बताइएको छ। 

अभिभावक विद्यार्थीको पहिलो पाठशाला भएकाले अभिभावकलाई केही नयाँ ज्ञान दिन र उनीहरूमा देखिएका समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी रहेको अभिभावकले बताएका छन्। विद्यार्थी र अभिभावकमा हुने खराब आचरण अन्त्य गरेर असल बानी व्यवहारको सुरुवात, जिम्मेवारीपनको विकासमा यस कार्यक्रमले थप टेवा पुग्ने अभिभावक झविन्द्र घिमिरेले बताए। उनले कार्यक्रममार्फत आफू सिकेर बच्चालाई सिकाउन सकिने भएकाले यो कार्यक्रम सिक्ने र व्यवहारमा उतार्न सहज हुने बताए। नगरपालिकाले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममार्फत केही ज्ञान लिन पाएकोमा अभिभावक उत्साहित भएका छन्। 

समाजमा बढ्दै गएको अराजक, खराब बानी व्यवहारको अन्त्य गरेर असल व्यक्ति निर्माणमा यस कार्यक्रमले थप हौसला दिएको अभिभावकले बताएका छन्। उनीहरूले नगरपालिकाभित्रका सबै विद्यालयमा पुगेर समयसमयमा यस्ता कार्यक्रमको आवश्यकता रहेकोले आगामी दिनमा थप गर्न समेत माग गरेका छन्। सामाजिक सञ्जालको अव्यवस्थित प्रयोगका कारण समाजमा विभिन्न खालका घटनाहरू घट्दै गएकाले त्यस्ता विकृतिजन्य गतिविधिबाट छोराछोरीलाई टाढा बनाएर असल शिक्षा प्रदान गर्नमा आफूहरू लाग्ने अभिभावकले बताएका छन्। 

रेसुंगा नगरपालिकाले विभिन्न समयमा शैक्षिक गुणस्तर वृद्धिका लागि थुप्रै कार्यक्रम गर्दै आएको छ। यस आर्थिक वर्षमा स्टिम विधिमा आधारित नगरपालिकाले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक शिक्षकबीच तीनदिने तालिम सञ्चालन समेत गरिसकेको सूचना अधिकारी तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पीताम्बर पन्थीले जानकारी दिए। जसबाट जिम्मेवारीको बहन र विद्यार्थी र शिक्षकमा असल बानीको विकास हुने अपेक्षा लिइएको छ। विषयगत शिक्षकलाई पनि तालिम प्रदान गर्ने तयारी गरिएको पन्थीले बताए। काठमाडौंं विश्वविद्यालयका स्टिम कार्यक्रमका प्रशिक्षक नवीन मरासिनीले सबै विद्यालयका अभिभावकलाई अभिमुखीकरण दिएका हुन्।

विद्यार्थीलाई हौसला प्रदान गर्दै अभिभावकलाई थप जिम्मेवार बनाउने यस कार्यक्रमले थप टेवा पुग्ने भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाण्डेले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.