ऐना र मान्छे

ऐनाको ठीक अगाडि
ऐनाको ठीक अगाडि
नहुन सक्छ खाट्टी
आवरणभित्र कतै
लुकेको हुन सक्छ अर्कै मान्छे
म यसकारण तर्सिन्छु बेलाबखत
सग्लो मान्छे देखाउन नसक्ने
कसरी भयो ऐना ?
जो आफंैलाई लुकाउँछ
त्यो कसरी हुनसक्छ मान्छे ?
फरक
कति नै फरक छ हामीबीच ?
तिमी मान्छे बन्ने दौडमा छौं
म स्वयं बन्ने दौडमा छु
संसार देख्नु छ, तिमी चाहन्छौं
आफैंलाई देख्नु छ, म चाहन्छु
चिनोस् कसैले, तिमी चाहन्छौं
चिनौं आफैंलाई, म चाहन्छु
त्यसैले,
कति नै फरक छ हामीबीच ?
जति फरक छ,
त्यो निकै काफी छ !
प्रतिक्रिया दिनुहोस !
५
