जनकपुर बोल्ट्सको भव्य स्वागत

जनकपुरधाम : नेपाल प्रिमियर लिग (एनपीएल) फस्र्ट सिजनमा विजय प्राप्त गरेका जनकपुर बोल्ट्सका खेलाडीहरूलाई शुक्रबार जनकपुरमा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ।
एनपीएल च्याम्पियन भएर पहिलो पटक ट्रफीसहित जनकपुर आइपुगेका खेलाडीहरूलाई गाडीमा राखेर विजय जुलुस गर्दै नगरपरिक्रमा गराइएको हो। विजय जुलुस रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरु भएर थापा चोक हुँदै जनकपुर बजारभरि परिक्रमा गराइएको थियो।
गत शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले एनपीएलको फस्र्ट सिजन जितेका थिए। खेलाडीहरूको उत्साह बढाउन मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पनि विजय जुलुसमा सहभागिता जनाएका थिए। साथै खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरका युवा अभियन्ताहरू तथा खेलप्रेमीहरूको ठूलो भीड जुलुसमा सहभागी थियो।
प्रतिक्रिया दिनुहोस !
