धरमराउँदै लुम्बिनी लायन्स : सात ओभरमै ३ विकेट पतन

काठमाडौं : लुम्बिनी लायन्सको तीन विकेट पतन भएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले ७ ओभरमै ३ विकेट गुमाएको हो। लुम्बिनीका अर्जुन साउद, रोहित पौडेल र आशुतोष आउट भएका छन्।
शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ। टीयु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो।
लुम्बिनी याक्स एनपीएलको प्लेअफबाट बाहिरिसकेको छ भने कर्णाली कायमै छ।
प्रतिक्रिया दिनुहोस !
