अन्नपूर्णले कानुनी–कन्क्लेभ गर्ने, लोगो सार्वजनिक

अन्नपूर्णले कानुनी–कन्क्लेभ गर्ने, लोगो सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले संविधान, कानुनलगायत न्याय सम्बद्ध विषयवस्तुमा गहन छलफल गर्न एक दिने बृहत् कन्क्लेभ ‘ल स्केप, २०२५’ आयोजना गर्दै छ। त्यसका लागि निर्मित लोगो बिहीबार सार्वजनिक गरिएको छ।

लोगो सार्वजनिक कार्यक्रममा बोल्दै नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले राष्ट्रप्रति जिम्मेवार मिडिया हाउस भएका नाताले आफ्ना पाठक,  श्रोता र दर्शकलाई संवैधानिक एवं कानुनी सरोकारका विषयमा विहंगम रूपमा अवगत गराउनु नेटवर्कको अभिभारा रहेको स्पष्ट पारे। 

‘संविधान बनेको १० वर्ष भयो। कतिपय संघीय र अन्य कानुन बन्ने प्रक्रिया अझै टुंगिएको छैन’, उनले भने, ‘यदाकदा संवैधानिक अस्पष्टता र जटिलता पनि आउने गरेका छन्। यस्तो अवस्थामा राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कन्क्लेभ गर्दा राष्ट्रलाई समेत सहयोग पुग्ने ठानेका छौं। संविधानवाद, कानुनी एवं विधिको शासनका सन्दर्भमा पनि ल स्केपले योगदान पुर्‍याउने अपेक्षा लिएको छु।’ अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले मुलुकमा बेलाबखत संवैधानिक एवं कानुनी संकट झेल्दै, भोग्दै आइरहेको सन्दर्भमा गरिन लागेको कार्यक्रम उपलब्धिमूलक हुने बताए। एपी वन टेलिभिजन एचडीका क्रियटिभ डाइरेक्टर सुरेश पौडेलले संविधान र कानुनका विषयमा हुन लागेको छलफल महत्वपूर्ण भएको उल्लेख गर्दै अर्थपूर्ण र प्रभावपरक बनाउनुपर्नेमा जोड दिए। 

अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराईले अन्तर्राष्ट्रिय मिडियाले विभिन्न विषयमा बहसका कार्यक्रमहरू गर्दै आइरहेको चर्चा गर्दै कानुनी क्षेत्रका विज्ञहरूबीचको छलफलबाट नविनतम विचारहरू प्रवाह हुने अपेक्षा गरिएको बताए। अन्नपूर्ण पोस्ट् डट कमका सम्पादक शम्भु कट्टेलले सरकारी एवं निजी क्षेत्रबाट संविधान एवं कानुनी विषयवस्तुमा गहन छलफल नभइरहेको सन्दर्भमा अन्नपूर्ण मिडियाले गर्न लागेको कार्यक्रम उपलब्धिमूलक हुने बताए। 

रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर शिरोमणि दवाडी, समाचार प्रमुख भुपाल लुइँटेलले कार्यक्रमको सफलताको कामना गरेका थिए। 

अन्नपूर्ण मिडियाका महाप्रबन्धक मनोज बस्नेतले संविधान एवं कानुनी मुद्दाहरूमा हुने छलफलबाट नीतिगत तहमा सुधार पुग्ने बताए। कार्यक्रममा अमेरिका, भारत, नेपालका संविधानविद् एवं कानुन विज्ञ, प्राज्ञिक व्यक्तिहरू, सरकारी प्रतिनिधि, नीति निर्माण तहमा रहेका व्यक्तिहरूको उपस्थिति रहने उनले जानकारी दिए। 

कार्यक्रममा संविधान, यात्रा कानुन, फौजदारी कानुन, साइबर अपराध, संक्रमणकालीन न्याय, कर्पोरेट कानुन र अन्तर्राष्ट्रिय कानुनका विषयमा गहन छलफल हुनेछ। लोगोको डिजिटल भर्सन अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक भण्डारीले सार्वजनिक गरे। लोगो सम्पादकीय र व्यवस्थापकीय नेतृत्वको टोलीले सार्वजनिक गर्‍यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.