सुनसरीमा १०८ जना फरार प्रतिवादी पक्राउ

सुनसरीमा १०८ जना फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान  : जिल्ला अदालत सुनसरीले विभिन्न मुद्दामा दोषी ठहर गरेका एकसय ८ जना फरार प्रतिबादीलाई सुनसरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रण र  फैसला कार्यन्वयन प्रभावकारी बनाउ फरार प्रतिवादी पक्राउ गर्न अभियान सञ्चालन गरेको सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । 

प्रहरिले मंसिर १ गतेदेखि फरार प्रतिपादी खोज्ने क्रममा सुनसरीबाट २६ दिनको अवधिमा एकसय ८ जना पक्राउ गरी अदालतमा हाजिर गराइ उनीहरूलाई झुम्का कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख तिमल्सिनाले बताए ।

प्रहरीले लेनदेन मुद्दामा दोषी ठहर भएकी कबिता राई,लागूऔषध मुद्दाका इटहरी-२ निवासी  आशिसराम चमार, अभद्र व्यवहारका  धिरज राई, ड्रागन राई र  कुटपिट मुद्दाका महेश ऋषिदेवलाई पक्राउ गरी कारागार चलान गरिएको डीएसपी तिमल्सिनाले बताए ।

उनले १०८ जनामध्ये धेरैजसो सार्वजनिक अपराध, कुटपिट, अभद्र व्यवहार ,वन पैदावर, डाका र सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन्। पक्राउ परेका फरार अभियुक्तबाट जरिवाना बापतको ८ लाख ७८ हजार ७ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.