कोशीका पालिका सभापतिको भेलालाई अवैधानिक भन्दै केन्द्रले निकालेको विज्ञप्तिप्रति आपत्ति

सभापतिमा म उठ्छु, गगनजीको कुरा उहाँलाई सोध्नुस् : डा. कोइराला

सभापतिमा म उठ्छु, गगनजीको कुरा उहाँलाई सोध्नुस् : डा. कोइराला
सुन्नुहोस्

चितवन : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश भेलालाई आफूले कार्यक्रम बहिष्कार नगरेको बताएका छन्।  भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले काँग्रेस नेता दिनेश कोइराला र उद्धव लोहनीको बुवाको निधनमा समवेदनाको लागि आफू चितवन आउने तयारी भएकाले विराटनगर नगएको बताएका छन्।

यता मंसिर १८ मा विराटनगरमै भएको कोशीका पालिका सभापतिको भेलालाई अवैधानिक भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेको भन्दै उनले आपत्ति जनाए। केन्द्रले कार्यक्रम रोक्न धेरै पटक प्रयास गरेको भन्दै उनले यो पार्टीभित्रको कुरा भएकोले धेरै प्राथमिकता दिने विषय नभएको धारणा राखे। १३७ पालिकामध्ये ११३ पालिकाका सभापति सहभागी भएको कार्यक्रमलाई केन्द्रले वक्तव्य जारी गरेर अवैधानिक भनेपछि उनले असन्तुष्टि जनाएका छन्।

‘बहिस्कार भनेको होइन प्रदेशका पालिका सभापतिले मिलेर गर्ने भनेर मैले समय निकाले। पछि केन्द्रीय कार्यालयको आधिकारिक होइन वैधानिक होइन भनेर विज्ञप्ति निकाल्यो। नेपाली काँग्रेसमा आधिकारिक भन्ने कुरा के हो, आधिकारिक भनेको के हो ? मलाई वक्तव्यसँग चित्त दुखेको हो ’ उनले भने , ‘ चिन्ता गर्नुपर्दैन। यो पार्टीभित्रको कुरालाई निहुँ बनाएको भए बेग्लै कुरा हो। तर यस्तो वक्तव्यहरू पार्टीमा आउनहुन्थेन। ’

 
१५ औं महाधिवेशनमा सभापतिको उमेदवारमा तयारी गरेका नेता कोइरालासँगै उनके समूहबाट महामन्त्री भएका गगनकुमार थापाको पनि तयारीबारे पत्रकारको प्रश्नमा आफूहरूको खटपट नभएको बताए। ‘महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य उठ्ने अधिकार छ। म उठ्दैछु क्लियर छ। गगनजी उठ्नुहुन्छ हुन्न उहाँकोलाई सोध्नुस्,’ उनले भने , ‘हाम्रो खटपट छैन। कुरा गरेर मिलिहाल्छनी। ’

कोइरालाले सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताए। संविधान संशोधनतर्फ केही भएकोमा असन्तुष्टि राख्दै उनले संसदका सबैलाई सहभागी गराएर साझा संविधान बनाउनुपर्नेमा जोड दिए। एमाले र काँग्रेसले सरकारमा सहकार्य बाहिर प्रतिस्पर्धामा रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.