सहकारीको रकम अपचलन गर्ने गुरुङ कतार उड्न लाग्दा अध्यागमनले रोक्यो, विमानस्थलबाटै पक्राउ
काठमाडौं : पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोखरा घर भएका कृष्ण गुरुङलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
गुरुङलाई कतार जान लाग्दा अध्यागमनले रोकेको थियो। गुरुङलाई कतार जान लाग्दा अध्यागमनले रोकेपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको कार्कीले बताए। कार्कीका अनुसार गुरुङविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो।