पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालयमा भ्रष्टाचार

पशुपन्छी बजार प्रबर्द्धन निर्देशनालयमा भ्रष्टाचार
सुन्नुहोस्

काठमाडौं : पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय, हरिहरभवन, ललितपुरका कार्यकम निर्देशक डा. बलराम थापा क्षेत्रीसहित ७ जनासहित एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियारले निर्देशनालयका लेखा अधिकृत रामप्रसाद बजगाईं, पशु विकास अधिकृत पूजा शर्मा, जिल्ला पशुसेवा कार्यालय अछामका पशु विकास अधिकृत विश्वेश्वरप्रसाद खनाल, हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिका अध्यक्ष लोकबहादुर बोहरा, कार्यालय व्यवस्थापक सुरतबहादुर भूल, इन्जिनियर पुष्कर भण्डारीलाई प्रतिवादी बनाइएको छ। अख्तियारको अनुसन्धानमा निर्देशनालयका कर्मचारी र हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिबीचको मिलोमतोमा पशुहाट बजार सञ्चालन नै नगरी ४४ लाख हिनामिना गरेको पाइएको छ। 

अछामको साँफेबगर नगरापालिका ७ स्थीत हिलसाइट पोलिटेक्निक इन्स्टिच्युट प्रालिलाई पशु निर्देशनालायले हुचवाको भरमा काम दिएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो। निर्देशनालयले आर्थिक वर्ष २०७३/०७४ मा पशु हाट बजार निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिसँग २०७४ जेठ ०७ मा भएको सम्झौता भएको थियो। सम्झौतामा २०७४ जेठ १५ गतेसम्ममा कार्य सम्पन्न गरी अनुदान रकम भुक्तानी लिनेछ भनी उल्लेख भएको थियो तर हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिद्वारा लागत साझेदारीमा निर्मित पशुहाट बजार सञ्चालनमा नै नरहेको पाइएको छ। अनुशान्धनमा यो पशुहाट बजार परिसर जग्गा धनी आफैंले नियन्त्रणमा लिई व्यक्तिलाई भाडामा दिएको पाइएको छ।

अनुसन्धानमा यो संरचना निर्माणको स्थलगत नापजाँच गर्दा नापी किताबका केही आइटमहरूको काम नभएको देखिएको छ। त्यस्तै केही आइटमहरूको कम काम भई बढी मूल्यांकन भएको र केही आइटमहरूको दोहोरो मूल्यांकन भई बढी भुक्तानी भएको भेटिएको छ। ६३ लाख ४६ हजार ९ सय ४३ मध्ये लागत साझेदारीको आधारमा कार्यालयले व्यहोर्नुपर्ने ७० प्रतिशत बापत हुने रकम ४४ लाख ४२ हजार ८६१ हिलसाइड पोलिटेक्निक इन्स्टिच्युट प्रालिलाई झुट्टा बिल भरपाई समेतको आधारमा बढी भुक्तानी गरे÷गराएको पुष्टि भएको अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेले जानकारी दिए। 

उनका अनुसार उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कसूर तथा सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

औषधि खरिदमा भ्रष्टाचार 

अख्तियार सिरहास्थीत धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल बगालेसहित पाँच जनाविरुद्ध विशेष अदालत मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए। 

नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजूरीका आधारमा अनुसन्धान हुँदा प्रशासकीय अधिकृत बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत याद र हेल्पिङ मल्टिप्रपोज प्रालि मैतिदेवी तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधव प्रसाद गौतमले ४ लाख ६० हजार ८ सय १० रुपैयाँ हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.