उद्योग, वाणिज्य मन्त्री भण्डारी र भारतीय समकक्षी जोशीबीच भेटवार्ता

उद्योग, वाणिज्य मन्त्री भण्डारी र भारतीय समकक्षी जोशीबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतका समकक्षी उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ ।  

बुधबार साँझ नयाँदिल्लीस्थित मन्त्री जोशीकै कार्यकक्षमा भएको भेटका क्रममा दुवै मन्त्रीले नेपाली कम्पनीहरूको बीआइएस प्रमाणीकरण र नवीकरणीय तथा अत्यावश्यक खाद्यवस्तु र चिनी आयातमा सहजीकरण गर्नेलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेको भण्डारीको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारीले भारतबाट नेपाल भित्रिने अत्यावश्यक वस्तुको आयातमा सहजता प्रदान गर्न मन्त्री जोशीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.