चितवनका रवि बोपाराको अर्धशतक
![चितवनका रवि बोपाराको अर्धशतक](https://annapurnapost.prixacdn.net/media/albums/Ravi_Bopara1111_RX9Ef6OLNl_YDvV3zvcQy.jpg)
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवनका रवि बोपाराले अर्धशतक प्रहार गरेका छन्। उनले ३६ बलमा समान ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन्।
एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी पाँचौं खेलाडी हुन्। यसअघि विराटनगरका मार्टिन गप्टिल, जनकपुरका अनिल शाह, लाहिरु मिलान्था र दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका थिए। पहिलो खेलमा रविले काठमाडौंविरुद्ध ११ रन बनाएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)