मार्टिन डक हुँदा विराटनगरको ब्याटिङ धरापमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा ओपनर ब्याटर मार्टिन गुप्टेल डक आउट हुँदा विराटनगरको ब्याटिङ धरापमा परेको छ।
सुदूरपश्चिम रोयल्सले दिएको १८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगर किङ्ग्सले पावरप्लेमा ३ विकेट गुमाउँदै २१ रन बनाएको छ। तेस्रो क्रममा आएका निकोलस क्रिटोन पनि ५ रनमै पेभेलियन फर्किए।
ओपनर लोकेश बम स्टम्पिङ हुँदा ४ ओभर सकिँदा विराटनगर निकै नाजुक अवस्थामा ३ विकेट गुमाउँदै ११ रनमा रहेको थियो। हालः क्रिजमा राजेश पुलामी ४ रनमा र बसिर अहमद ८ रनमा खेलिरहेका छन्।