बाजुरामा उपनिर्वाचन : ४१ प्रतिशत मत खस्यो, मतदान जारी

बाजुरामा उपनिर्वाचन : ४१ प्रतिशत मत खस्यो, मतदान जारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि जारी मतदानमा ४१ प्रतिशत मत खसेको मतदान शान्तिपूण तरिकाले चलिरहेको छ ।  आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदानमा १ बजेसम्म १ हजार ५ सय ४४ पुरुष, १ हजार ५ सय १६ महिला गरी जम्मा ३ हजार ६० मत खसेका मुख्य निर्वाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिएका छन् । 

उपाध्यक्ष चयनका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका ५ वडाहरूमा ५ मतदान स्थल तोकिएका छन् भने  ९ वटा मतदान केन्द्र तोकिएको पोखरेलले बताए ।  स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा,नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, एकीकृत्त समाजपादीबाट जवा शाही उम्मेदवार छन् । 

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेदबार सुलोचना बुढालाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएको छ ।  स्वामीकार्तिकमा उपाध्यक्ष चयनका लागि ४ हजार ४ सय ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

०७९ सालको स्थानिय निर्बाचनमा रुख चिन्हका उम्मेदार नेपाली कांग्रेशबाट मैना जोशीले  १ हजार ८ सय १० मत प्राप्त गरी बिजयी भएका थिए । उनका प्रतिस्पर्धी  सूर्य चिन्हबाट नेकपा एमालेकी सुलोचना बुढाले  १ हजार ६ सय ३७ मत  प्राप्त गरेकी थिइन्।

स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत्त समाजवादी पार्टीबीच मु्ख्य प्रतिष्प्रदा हुँदैछ।
उप निर्वाचन शान्तिपूर्ण बनाउन उपनिर्वाचन  सुरक्षा मापदण अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । दिउँसो १ बजेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान भइरहेको उपाध्याले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.