झापामा ६ वटा आइफोनसहित एक भारतीय पक्राउ

झापामा ६ वटा आइफोनसहित एक भारतीय पक्राउ
सुन्नुहोस्

झापा : झापामा भन्सार छलेर भित्र्याएको ६ वटा आइफोनसहित एक भारतीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको विहार राज्य किशनगञ्ज जिल्ला जानकारी चोक बस्ने अन्दाजी २८ वर्षीय मो.ईस्त्राफिल रहेका सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाका डीएसपी महेशराज विष्टले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पन्थपाडाबाट खटिएको पैदल गस्ती टोलीले शनिबार दिउँसो साढे १ बजेको समयमा झापा गाउँपालिका ४ सुकुम्वासी बस्तीमा भारतबाट नेपाल आउँदै गरेको बीआर ३७ जेट ८१०१ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनलाई शङ्का लागि चेकजाँच गर्दा ६ वटा आइफोन फेला पारेको थियो। 

बरामद गरिएको आइफोन अन्दाजी ९ लाख रुपैयाँ रहेको डीएसपी विष्टले बताए। पक्राउ परेका इस्ताफिलसहित आइफोन, मोटरसाइकल मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.