अख्तियारमा पूर्व प्रशासकलाई नियुक्त नगर्न सांसदहरूको माग

अख्तियारमा पूर्व प्रशासकलाई नियुक्त नगर्न सांसदहरूको माग
सुन्नुहोस्

काठमाडौं : सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रशासकहरूलाई नियुक्त गर्न नहुने धारणा राखेका छन्।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरूले लामो समय निजामती क्षेत्रमा काम गर्ने र अवकास भएपछि राज्यका अन्य निकायमा नियुक्त गर्ने काम रोक्नुपर्नेमा जोड दिएका हुन्।

बैठकमा सांसद माधव सापकोटाले अख्तियारको संरचनामा सुधार गरी लाभको पदमा नबसेका विज्ञलाई जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने बताए। जिवनभरि अख्तियारको परिचालन गर्ने र उतर्राद्धमा गएपछि अख्तियारमा नियुक्ति खाने काम उचित नभएको उनले बताए।

त्यस्तै सांसद अर्जुननरसिंह केसीले अख्तियारलाई भागबण्डबाट मुक्त गरी निष्पक्षरूपमा सिफारिस गर्नुपर्नेमा जोड दिए। अख्तियार निष्पक्ष भएर राज्यको दायित्व लिनेलाई मात्र राम्रोसँग हेर्नुपर्ने र अहिले नै निजी क्षेत्रको दायरामा प्रवेश गर्न नहुने उनले बताए।

त्यस्तै सांसद अमरेशकुमार सिंहले अख्तियारलाई पूर्वकर्मचारी भर्ती गर्ने ठाउँ बनाए राम्रोसँग काम गर्न नसक्ने जिकिर गरे। उनले निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नहुने बताए। नीतिगत रूपमा हुने भ्रष्टाचार पनि अख्तियारको दायरमा आउनुपर्ने उनले बताए।

उनले भ्रष्टाचारमा मुछिएकाहरूलाई नै अख्तियारमा सरुवा गर्ने प्रवृत्ति उचित नभएको पनि बताए। समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता लगायतका सांसदहरूसँग छलफल गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.