उत्तरपुस्तिका चेकजाँचमा लापरबाही : अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डलाई बुझायो ध्यानाकर्षण पत्र

उत्तरपुस्तिका चेकजाँचमा लापरबाही : अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डलाई बुझायो ध्यानाकर्षण पत्र
सुन्नुहोस्

काठमाडौं : खोटाङको एक विद्यार्थीको उत्तरपुस्तिका चेकजाँचका क्रममा लापरबाही भएपछि अनेरास्ववियुले राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ। राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाले जानकारी दिए।

खोटाङको थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतबस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएको थियो । सोहि विषयलाई लिएर अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीको भविष्यप्रति पनिका र परीक्षा बोर्ड गम्भीर हुनुपर्ने बताएका थिए।

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट समेत प्रभावकारी नभएकाले प्रभावकारी बनाउन आग्रह गरिएको तिमल्सिनाले बताए। उनीहरुले २०८० को एसईईको नतिजा  पूनर्योगको लागी निवेदन दिने १८ हजार ६१२ जना विद्यार्थी मध्ये ८४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको भन्दै सरोकारवाला गम्भीर हुनुपर्ने अनेरास्ववियुको ध्यानाकर्षण पत्रमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.