माओवादी केन्द्रको पदाधिकारी बैठक : उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन

माओवादी केन्द्रको पदाधिकारी बैठक : उपनिर्वाचनका उम्मेदवारको नाम अनुमोदन

काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भइ आएका उम्मेदबारको नाम अनुमोदन गरेको छ। सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाले उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि एकतावद्ध भएर पहल कदमीका लागि नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने निर्णय भएको उनले बताए।

यसैगरी उपनिर्वाचनमा जित आफ्नो पक्षमा पार्न योजना तथा कार्यक्रम बनाउँदै अघि बढ्न पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको उनले बताए। बैठकले मङ्सिर मसान्तसम्म पालिकासभा र खबरदारी सभामार्फत प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्दामा सरकारको उपस्थीति कमजोर भएको र राम्रा काम गर्नेलाई हटाउने प्रयास भइरहेकाले सरकारबिरुद्धको खवरदारीलाई सशक्तरुपमा अघि बढाउने निर्णय भएको प्रवक्ता सापकोटाले बताए।

उनले अग्रमन र जनताको अधिकार बढाउने विषयमा संविधान संशोधन हुनुपर्ने र राजनीतिक स्थायीत्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा माओवादीको जोड रहेको उल्लेख गरे।

यस्तै बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.