सरकारले जनकपुर चुरोट कारखाना सञ्चालन गर्छ, बेच्न खोजेको हैन : एमाले सचिव महासेठ

सरकारले जनकपुर चुरोट कारखाना सञ्चालन गर्छ, बेच्न खोजेको हैन : एमाले सचिव महासेठ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : नेकपा एमालेका सचिव रघुवीर महासेठले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण वा बेच्न खोजिएको भनेर सरकारमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन्। शनिबार महोत्तरीको बर्दिवासमा पत्रकारसँगको भेटघाटमा उनले सरकार कुनै कलकारखानालाई निजीकरण गर्ने मुडमा नरहेको स्पष्ट पारेका हुन्।

केही दिनअघि नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिको अभिव्यक्तिलाई लिएर पत्रकारले राखेको जिज्ञासामा महासेठले भने ‘मैले त्यस्तो केही सुनेको छैन। यदि कोही साथीहरूले त्यस्तो बोल्नुभएको छ भने त्यो गलत हो। यो सरकारले कुनै कलकारखानालाई निजीकरण गर्न वा बेच्न खोजेको छैन। त्यस्तो केही छ भने दुई पार्टीको बीचमा छलफल हुनुपर्‍यो। बाहिर त्यसरी अभिव्यक्ति दिनुभएन।’

कांग्रेसको सल्लाह विना यो सरकारले कुनै पनि निर्णय नलिने उनले स्पष्ट पारे। ‘यो गठबन्धन भत्काउने गरी कुनै साथीहरूले बोल्नुभएको छ भने त्यो गलत हो। यो गठबन्धनको भावना विपरीत हो,’ महासेठले भने ‘यो सरकार जचुकालीलाई सञ्चालन कसरी गर्ने भन्ने सोचमा लागेको होला। त्यो नराम्रो होइन। नेपाल सरकारले आफैँले सञ्चालन गर्नुपर्छ। यदि आफैले गर्न सकेन भने बनेको फ्याक्ट्रि लिजमा दिएर हुन्छ कि एउटा निश्चित समयको लागि देशमै ग्लोबल टेण्डर गरेर जसले बढी राजश्व तिर्छ, बढी भाडा दिन्छ, रोजगारी दिन्छ त्यसलाई कानुन सम्मत दियो भने त्यो नराम्रो कुरा होइन।’

कुनै समय नेपालमा सबैभन्दा बढी राजश्व तिर्ने यही जचुकाली रहेको स्मरण गराउँदै उनले थपे ‘सञ्चालन गर्नुको अर्थ यो होइन कि जचुकालीको जग्गा बेच्ने, घर बेच्ने, मेसिन बेच्ने। त्यो सरकारले गर्नै हुँदैन। सरकार त्यो गर्ने मुडमा पनि छैन। यति बुझ्नुस् पहिलाभन्दा राम्ररी सञ्चालन हुन्छ।’

मधेस प्रदेशमा यो सरकार परिवर्तन गरेर अर्को सरकार बनाउने हल्ला सत्य नरहेको उनले प्रष्ट पारे। त्यस्तो अहिले कुनै  योजना नरहेको उनको भनाइ छ। ‘ठूला पार्टीहरु आफ्नै नेतृत्वमा सरकार बनाउने चाहना राख्नु स्वभाविक हो तर यही सरकारलाई सुधारेर लैजाने योजना छ’ सचिव महासेठले भने।

प्रचण्डले सराप्दैमा केपी ओली नेतृत्वको सरकार नढल्ने पनि उनले बताए। केहीदिन अघि जनकपुरधाममा आयोजित एक कार्यक्रममा निधिले अहिले मधेस प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षडयन्त्र भइरहेको आरोप लगाएका थिए। उक्त कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘सुन्दै छु, जचुकालि निजीकरण गर्ने र प्रदेशको संरचना धरापमा पारि संघीयता मास्ने प्लान छ। तयार रहनोस् जुनसुकै बेला आन्दोलनको संखनाद हुन सक्छ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.