पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट : २१ जनाको मृत्यु, ४६ भन्दा बढी घाइते

पाकिस्तानको क्वेटा रेलवे स्टेशनमा विस्फोट : २१ जनाको मृत्यु, ४६ भन्दा बढी घाइते
सुन्नुहोस्

स्लामावाद : पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ । यस विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । अहिलेसम्म कम्तिमा ४६ जना घाइते भएका छन् ।

घटनाको बारेमा जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले भने, 'कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।'

क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले बीबीसीलाई भने, 'क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल पर्खिरहेका बेला रेलवे स्टेशनमा विष्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।' 

रेलवे स्टेसनमा विष्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

विस्फोटको यस घटनामा बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेशनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।

उनले भने, 'यो घटना आतंकवादीहरूले निर्दोष मानिसहरू, बालबालिका, मजदुर र महिलाहरूलाई निशाना बनाउँदै गरेको शृङ्खलाबद्ध आक्रमणको हिस्सा हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.