साफ महिला च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण

काठमाडौं महानगरले साफको फाइनल खेल कहाँ-कहाँबाट देखाउँदैछ ?

काठमाडौं महानगरले साफको फाइनल खेल कहाँ-कहाँबाट देखाउँदैछ ?

काठमाडौं : काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ। महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडीखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा लाइभ देखाउने भएको हो।

साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ६ बजे सुरु हुने खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ।

अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढी बिक्री भएको पाइएपछि एन्फा आफैँले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो। फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातीदेखि नै लाइनमा लागेका थिए।

खेल हेर्न धेरै दर्शकहरू हुने भएकाले महानगरले एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउने जनाएको छ।

'खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानु हुन फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गर्दछौँ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.