विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
इलाम : इलामको चारवटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सूर्योदय नगरपालिका-७ ले वार्षिक स्वीकृत लक्षित कार्यक्रमअन्तर्गत कृष्णाश्रम माध्यमिक विद्यालय, पद्म आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई सामग्री वितरण गरेको हो। वडाध्यक्ष लोक बहादुर राईका अनुसार ६६ जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालयले छनौट गरेका विद्यार्थीलाई एक लाख बराबरको पोसाक, झोला, कपी लगायतका सामग्री वितरण गरेको वडा सचिव कमलकान्त पोख्रेलले बताए।