अर्घाखाँचीमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुग्यो

अर्घाखाँचीमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुग्यो
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा  प्रसादको रुपमा मासु खाँदा  बिरामी हुनेको संख्या ३५ पुगेको छ। सन्धिखर्क नगरपालिका-१ तारामार्गमा  आइतबार देउराली पूजाको प्रसादका रुपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए। 

अहिले बिहान थप ७ जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन्।

बिरामीहरुमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए। उनीहरू सबैको अवस्था सामान्य रहेको  छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो ४ बजे उपचारका लागि अर्घाखाँची  अस्पताल गएका थिए।  फुड पोइजनका कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ।

बिरामीहरूमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको  र १ जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ। २ जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.