सामागाउँमा सुरु भयो चुमनुब्रीकै ठूलो ‘सामा मानी सांस्कृतिक महोत्सव’

सामागाउँमा सुरु भयो चुमनुब्रीकै ठूलो ‘सामा मानी सांस्कृतिक महोत्सव’
सुन्नुहोस्

गोरखा : चुमनुब्री १ सामागाउँमा ‘सामा मानी सांस्कृतिक महोत्सव’ सुरु भएको छ। विभिन्न संस्कृतिक नाँचहरू प्रदर्शन गरेर बुधबारदेखि महोत्सव सुरु भएको स्थानीय मिङ्मार लामाले बताए। महोत्सवमा तिब्बती संस्कृतिमा प्रचलित ८ कथा मध्ये ४ वटा प्रदर्शन गरिने उनले जानकारी दिए। 

पहिलो दिन त्यसमध्यको एउटा कथा प्रदर्शन गरिएको उनले बताए। लामाका अनुसार महोत्सवको पहिलो दिन घिउ अर्पण कार्यक्रम पनि भएको छ। उत्सव अवधिभर एक दिन स्वर्ग–नर्कको पनि कथा प्रस्तुत गरिन्छ। चुमनुब्री गाउँपालिकाभरिकै सबैभन्दा ठूलो मानिने यो महोत्सव सामागाउँको बीचमा रहेको खुल्ला ठाउँमा आयोजना गरिएको छ। ‘सामा मानी सांस्कृतिक महोत्सव’ सयवर्षभन्दा पहिलेदेखि चलिआएको प्राचीन महोत्सव हो। 

प्रत्येक तीन वर्षमा हुने सो सांस्कृतिक महोत्सवको आयोजना लोटस फिट अफ मनास्लु हेरिटेजले गरेको हो । सातदिनसम्म सञ्चालन हुने यो मेलामा ओपेरा डान्स(परी नाँच) हुनेछ। त्यस्तै घिउ अर्पण कार्यक्रम पनि हुनेछ। घिउ अर्पण कार्यक्रममा स्थानीयबासीले पाँच किलोग्राम, १० किलोग्राम घिउ अर्पण गर्ने गर्छन्। 

सो घिउ तीनवर्षसम्म गुम्बामा बत्ती बाल्न प्रयोग गर्ने प्रचलन रहेको छ। गुम्बामा बत्ती बाल्यो भने पाप पखालिने, सुख, शान्ति, संवृद्धि, कल्याण प्राप्त हुन्छ भन्ने विश्वास छ। त्यसैले घिउ दान गर्न गाउँले सबै र काठमाडौंदेखि पनि आउने उनले बताए। 

ओपेरा नाँच हिमालयन संस्कृतिले भरिएको नाच हो। यसमा वोधिसत्वको कथायुक्त नाटक पनि हुने गर्छ। ‘दिनभरि ओपेरा नाँच र रातभरि स्याफ्रु नाँच हुने गर्छ’, मुख्य लामा जिग्मेले भने। यस मेला, महोत्सवमा विशेष गरी नुब्री क्षेत्रका सबै गाउँबाट र चुम उपत्यकाका दर्शक पनि आउने उनले बताए।

महोत्सव अवधिभरि गाउँका बासिन्दा गाउँबाहिर नगै कार्यक्रममा सहभागी हुनेछन्। साथै विदेशी पर्यटकलाई पनि देखाएर देश, विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य आयोजकले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.