अपराधलाई न्यूनीकरण गर्न प्रहरी संगठनलाई प्रविधियुक्त बनाऔं : मुख्यमन्त्री आचार्य

अपराधलाई न्यूनीकरण गर्न प्रहरी संगठनलाई प्रविधियुक्त बनाऔं : मुख्यमन्त्री आचार्य
तस्बिर : केशरराज क्षेत्री

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई अझ बलियो बनाउनका लागि बदलिँदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

६९ औं प्रहरी दिवसको अवसरमा बुधबार प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै लैजानुपर्ने बताएका हुन् । 

‘अपराधहरु बढ्दै गएका छन् । चुनौतीहरू थपिदैं छन् । सोही अनुसार प्रहरी संगठन बदलिँदो परिवेश अनुसार रुपान्तरण हुनु जरुरी छ।’,आचार्यले भने,‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । फेरिदो परिवेश अनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्नु पर्छ ।’ 

अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शिर उचो बनेको समेत मुख्यमन्त्री आचार्यले सुनाए । ‘लुम्बिनी उत्कृष्ट प्रदेश बन्न सफल भएको छ । प्रदेशको शिर उचो बनाउन यहाँहरुले गरेको योगदानको उच्च करद गर्न चाहन्छु।’उनले भने,‘अमर शहिदको योगदान र बलिदानको स्मरण गर्न चाहन्छु । अमर प्रहरीको योगदान र परिवार प्रति गर्नुपर्ने दायित्व राज्यले सधैं निर्वाह गर्ने छ ।’  सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.