मटिहानीमा रावणको पुतला दहन (फोटो फिचर)
महोत्तरी : असत्यमाथि सत्यको विजय भएको लोकमान्यताअनुसार महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानीमा रावणको बध गरिएको छ। शक्तिस्वरुपा ददूर्गा देवीले महिसासुरको बध गरी विजय प्राप्त गरेको सम्झनामा विजया दशमी हर्सोलासपपूर्वक मनाउने परमपरा छ।
विजया दशमीकै दिन रामले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिन रावणको पुतला बनाएर दहन गर्ने प्रचलन छ। रावण बध गर्नुअघि लक्ष्मीनारायण मठको ऐतिहासिक लक्ष्मीनारायण मन्दिरबाट विजया दशमीको अवसरमा शोभा यात्रा (जात्रा) निकालिएको थियो।
नेपाली सेनासहितको ब्याण्ड टोलीले बाजागाजासहित लक्ष्मीनारायण भगवानको मूर्ति डोलीमा राखेर मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरी जात्रा निकालिएको थियो। जात्रालगत्तै मटिहानिको तस्मैया बाबा पार्कमा रावनको ठूलो पुतला बनाएर बद गरिएको मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले जनाए।