भद्रकाली मन्दिरमा भक्तजनको भीड
काठमाडौं : काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। आज महानवमीको अवसरमा भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको हो ।
महानवमीको अवसरमा सवारीसाधनको पूजा गरेमा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफा उन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रहेको छ।
महानवमीको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि एवं नरिबल फुटाएर पूजाआजा गर्ने गरिन्छ । साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा लिइन्छ।