सिन्धुली : बाढी पहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बिपि राजमार्ग आजबाट सुचारु भएको छ। काभ्रे रोशिखण्ड चौकि डाँडादेखि सिन्धुलीको नेपालथोकखण्ड सुचारु भएको हो।
मंगलटार, दाउन्नेमा बिहीबार रातिसम्म काम भएपछि शुक्रबार बिहान देखि सञ्चालन भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए।
सडक विभाग , स्थानीय सरकारको सहकार्यका ट्रयाक खोलेर राजमार्ग पूर्ण सञ्चालनमा आएको निरीक्षक गिरिले बताए। अहिले पुर्व जाने साना सवरिको चाप रहेको उनले जानकारी दिए। बीपी राजमार्ग काभ्रेको रोशिखण्ड चौकि डाडादेखि नेपालथोक रोकिएको थियो।
पुर्व जाने सवरि तेमाल हुँदै मध्यपहाडि बाटो प्रयोग गरेर सिन्धुली पुर्याइएको थियो। राजमार्ग सञ्चालन भए पनि ठूला सवारी नचल्ने प्रहरीले जनाएको छ।