सप्तकोसीमा जबरजस्ती पानी जहाज सञ्चालन

सप्तकोसीमा जबरजस्ती पानी जहाज सञ्चालन

धरान : सप्तकोसी नदीमा जबरजस्ती पानी जहाज (जेट बोट) सञ्चालन गरिएको छ। सप्तकोसी नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गरिएपछि यात्रुहरूको सुरक्षामा प्रश्न उठेको छ।

सुनसरीको चतरादेखि उदयपुर धनकुटा हुँदै भोजपुरको सिम्लेसम्म सोमबारदेखि पानी जहाज सञ्चालनमा ल्याइएको छ। ब्यबसायी नबिन पौडेलले ५० सिट क्षमताको पानीजहाज सञ्चालनमा ल्याइएको बताए। भोजपुर हतुवागडीका रमेश थापाले सप्तकोसी नदीमा बाढी आइरहेको अवस्थामा पानी जहाज सञ्चालन गर्दा यात्रुहरूको सुरक्षामा जोखिम बढेको जनाए। उनले कोसी नदीमा बाढीले ठूला ठूला रुखहरू बगाएर ल्याएको समयमा पानीजहाज सञ्चालन गर्दा दुर्घटना हुने र यात्रुहरू असुरक्षित हुने बताए।

नेपाली कांग्रेस बराह क्षेत्रका उपसभापति युवराज श्रेष्ठले कोशीमा पानी सङ्लिएपछि पानीजहाज सञ्चालन गर्दा उत्तम हुने सुझाव दिएका छन्। कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङले सप्तकोसीमा पानी जहाज सञ्चालनका विषयमा सम्बन्धित जिल्ला प्रशासनको क्षेत्राधिकार भित्र पर्ने भएकाले प्रहरीले केही गर्न नमिल्ने बताए।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले कोसीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख १८ हजार क्युसेकमा झरेकाले यात्रुहरूलाई लाइफ ज्याकेट लगाएर मात्र पानीजहाजमा यात्रु चढाउन व्यवसायीलाई निर्देशन दिएको बताए। व्यवसायी पौडेलले कोसी नदीमा पानीको बहाब प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक ननाघुन्जेलसम्म पानीजहाज सञ्चालन गर्न सकिने भएकाले सञ्चालन गरिएको बताए। चतराबाट पानी जहाज सञ्चालन गर्दा धनकुटा र भोजपुरका बासिन्दालाई सहज हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.