बागमती नदीले खतराको तह पार गर्यो
मलङ्गवा : सर्लाही र रौतहटको बीच भएर बागमती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । अविरल बर्षा र कुलेखानी ड्याम्मको ढोका खोलेपछि पानीको बहाव बढ्दा बागमती नदीमा बाढी आएको हो ।
पानीको बहाब बढ्दै गएपछि नदीको ३० वटै ढोकाहरु खोलिएको छ । पानीको बहाव क्षमता १२७ मिटर रहेको र हाल बढेर १३२ मिटरसम्म पुगेको छ । निरन्तर रुपमा बाढी बढ्दै गएकोले खतराको घण्टी समेत बजाइएको छ ।
बागमतीलगायत जिल्लाका अन्य नदी तथा खोलाहरुमा पनि बाढी आएकोले सुरक्षा निकाय सबैलाई सतर्क रहन आग्रह समेत गरेको छ ।