घर भत्किँदा एक जनाको मृत्यु, ११ घाइते
काठमाडौं : बागलुङ ढोरपाटन नगरपालिका-१, स्वामीचोकमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने ११ घाइते भएका छन्।
मृत्यु हुनेमा ५५ वर्षीय बेग बहादुर बिक रहेका छन्। जीर्ण अवस्थामा रहेको घर भत्काई पुनर्निर्माण गर्ने क्रममा गारो भत्किएर च्यापिँदा उनको मृत्यु भएको हो।
घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ का २६ वर्षीय शंकर पन्थी, काठमाडौं महानगरपालिका-१० का २४ वर्षीय सुगान्त पौदेल, बागलुङको ढोरपाटन नगरपालिका-४ का ३४ वर्षीय खडक प्रसाद बिक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली, ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय सुभ बुढामगर, ४० वर्षीया देबिसरा बिक,३० वर्षीया कीथम कुमारी बिक, तमानखोला गाउँपालिका-१ का ३८ वर्षीया कीखममायाव घर्ति, ३५ वर्षीय टेक बहादुर बिक, ५१ वर्षीया टेकमाया रसाइली रहेका छन्।
घर भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा १२ जनाको टोली पुगेर उद्धार गरेको थियो। घाइतेको उद्धार गरेर प्राथामिक स्वास्थ्य केन्द्रमा पठाइएको छ।